२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बालकोट जेसीजको वर्ष २०२६ को लागि विपिन अधिकारीलाई अध्यक्षको जिम्मेवारी प्रदान

बालकोट जेसीजको वर्ष २०२६ को लागि विपिन अधिकारीलाई अध्यक्षको जिम्मेवारी प्रदान

बालकोट जेसीजको एघारौँ शाखा अधिवेशनले वर्ष २०२६ को लागि विपिन अधिकारीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । निवर्तमान अध्यक्ष विनय अधिकारीले विपिन अधिकारीलाई वर्ष २०२६ को लागि पद हस्तान्तरण गर्नुभएको हो।

जेसीजको कार्यकारीणि उपाध्यक्षमा बेलिशा बुढाथोकी, रमेश्वर खत्री, कोषाध्यक्षमा हृतिका सिटौला, जिएलसी अश्विन दुवाडी, महासचिवमा सुदिप काफ्ले चयन हुनुभएको छ ।

यस्तै अधिवेशनले उपाध्यक्षहरूमा रोमा लामिछाने, रोशन सिटौला, सुयोग्य बुढाथोकी र विराज अधिकारी चयन हुनुभएको छ । बालकोट जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै युवाहरुको क्षमता अभिवृद्धि लगायत विभिन्न कार्यहरु गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।