२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ ।

एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले हिजो काठमाण्डौकोे कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट अभियानको थालनी गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई हिजो मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।