फाईण्ड नेपाल ट्रेक प्रा.लि.काठमाण्डौंले धादिङको विभिन्न स्थानमा सहयोग सामाग्री वितरण गरेको छ । सोही क्रममा फाईण्ड नेपाल ट्रेक प्रा.लि.ले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ लाहुरे गाउँका १० घर परिवारलाई खाद्यन्न र जाडोको कपडा वितरण गरिएको छ । न्यून आयस्रोत भएका परिवारलाई उक्त सामाग्री वितरण गरिएको हो ।

साथै सोही वडाका मधुवनका अपाङगता भएका व्यक्ती होम गुरुङलाई खाद्यन्न र नगद प्रदान गरिएको छ । यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वावलम्वी बहिरा आधारभूत विद्यालयको लागि शैक्षिक सामाग्री, लत्ता कपडा लगायतका सामाग्री वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जाडोमा लगाउने कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुको पठन पाठनमा सहयोग पु¥याउने उद्देश्यले लत्ता कपडा सहित शैक्षिक सामाग्री वितरण गरिएको फाईण्ड नेपाल ट्रेक प्रा.लि.काठमाण्डौंका कर्मचारी तथा युवा समाजसेवी निशान बहादुर गुरुङले जानकारी दिनुभयो ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्रावासलाई पनि खाद्यन्न, लत्ता कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ। छात्रावासमा रहेका विद्यार्थीहरुलाई स्विटर, ट्रयाक सुुट लगायत दाल, चामल, नुन तेल लगायत खाद्यनन्नका सामाग्री वितरण गरिएको हो ।

रोटरी क्लव अफ ताईवान सँगको सहकार्यमा करिब ६ लाख बराबरको उक्त सहयोग सामाग्री उपलब्ध गराईएको हो । पर्यटन व्यवसायसँगै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आउनुभएका शिव बहादुर गुरुङले यस अघि पनि विभिन्न स्थानमा सहयोग प्रदान गर्नुभएको थियो ।

फाईण्ड नेपाल ट्रेक प्रा.लि.काठमाण्डौंका म्यानेजिङ डिरेक्टर शिवबहादुर गुरुङका धर्मपत्नी रेन्बो लिन र आइभी च्याङ लगायत रोटरी क्लव अफ ताईपेयी नाङ्छीका सदस्यहरु लावा, सेल्ली लि, जोस्सेप हसियो, डोरिस लियू, चेलचुनलिङ र गाईड श्याम बहादुर गुरुङको विशेष उपस्थितिमा सहयोग सामाग्री वितरण गरिएको हो ।

यस्तै सहयोग सामाग्री वितरण कार्यक्रममा फाईण्ड नेपाल ट्रेक प्रा.लि.काठमाण्डौंका कर्मचारी तथा युवा समाजसेवी निशान बहादुर गुरुङ, मनु घले, धन बहादुर गुरुङ, सुदिप गुरुङ ईन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । सहयोग सामाग्री हस्तान्तरण गर्नुहुँदै फाईण्ड नेपाल ट्रेक प्रा.लि.काठमाण्डौंका रेनबो लिन र आईभी च्याङले आवश्यकता अनुसार फेरी पनि सहयोग सामाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै सहयोगी संस्थालाई धन्यवाद दिनुहुँदै आमाको माया छात्रावासका सञ्चालक डा.नविनबन्दु पहाडीले सहयोग सामाग्रीले विद्यायलमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा ठुलो महत्व राख्ने बताउनुभयो ।

Facebook Comments