२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ नगरपालिकाका नगरप्रमुखको कार्यशैली प्रति उपप्रमुखद्वारा असन्तुष्टी

नीलकण्ठ नगरपालिकाका नगरप्रमुखको कार्यशैली प्रति उपप्रमुखद्वारा असन्तुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नगरप्रमुखको कार्यशैली प्रति प्रश्न उठाउंदै विभिन्न ७ बुँदे असहमति सार्वजनिक गर्नुभएको छ ।

उपप्रमुख विश्वकर्माले नगरपालिकामा पछिल्ला निर्णय तथा कार्यसञ्चालनप्रति गम्भीर आपत्ति जनाउँदै ७ बुँदे असहमति पत्र सार्वजनिक गर्नुभएको हो ।

उपप्रमुख विश्वकर्माले नगरप्रमुख अनुपस्थित रहने, निर्णय प्रक्रियामा पारदर्शिता नदेखिनु र महत्त्वपूर्ण कागजातहरू उपलब्ध नगराइनु, नगरसभाले पारित गरेको बजेटबाट विनाकारण रकम कटौती, बैठकहरू आवश्यक कागजातबिनै सञ्चालन, सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्धित फोटोकपी र अन्य सेवा व्यवस्थापनमा अनियमितता, कोटेशन तथा डिजेल खरिदमा अस्पष्टता देखिएको लगायतको विषयमी असहमती जनाउनु भएको छ।

यस्तै विज्ञापन एजेंसीमार्फत अत्यधिक खर्च भएको, योजना बैंक प्रभावकारी रूपमा नचलिरहेको तथा केही कर्मचारीले ७ देखि ९ महिनाको सेवा सुविधा एकैपटक लिने जस्ता प्रचलनले नगरपालिकाको सुशासन कमजोर भएको आरोप लगाउनुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।