
रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा अटो रिक्सा चालक सुनिलस्मृति–३ का ५४ वर्षीय रेगबहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रा १ ह ३३५८ नम्बरको अटो सुनिलस्मृति गाउँपालिका–३ रोहवाङ ग्रामीण कच्ची सडक खण्डको साउनेखोलामा दुर्घटना भएको हो । अटो रिक्सामा चालकबाहेक अरु नरहेको प्रहरीले जनाएको छ ।