२०८३ कार्तिक २७, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउले कीर्तिमान बनाएको हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५६ हजार ६ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको तीन हजार आठ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार नौ सय पाँच रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।