२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।