२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५५ रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।