२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा : गिल बाहिरिए, ईशान किशनकाे पुनरागमन

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा : गिल बाहिरिए, ईशान किशनकाे पुनरागमन

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोली घोषणा भएको छ । मुम्बईमा रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालयमा बीसीसीआईका सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीको उपकप्तानमा अक्षर पटेल रहेका छन् । ईशान किशन र रिंकु सिंह टोलीमा परेका छन् भने शुभमन गिल र जितेश शर्मा बाहिरिएका छन् ।

१०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि शुरू हुँदैछ । २० वटा टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । भारत टी–२० विश्वकपको साविक विजेता हो ।

यस्ताे छ भारतीय टाेली–

सूर्यकुमार यादव (कप्‍तान), अभिषेक शर्मा, सन्जू सामसन (विकेटकीपर), तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्‍तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर, ईशान किशन (विकेटकीपर

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।