२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि
सेयर गर्नुहोस्
०सेयर

राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले सरकारको कामप्रति असन्तुटि व्यक्त गरेका हुन् ।

यस्तै सांसदहरूले तोकिएकै समयमा चुनाव हुन्छ कि हुँदैन ? भनेर सरकारलाई प्रश्नसमेत गरेका छन् । एमालेकी सांसद सुमित्रा बिसीले सरकारले संसद्को सेवा, सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनसमेत माग गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले पालिकामा नागरिकको सेवाको कामलाई सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले सार्वजनिक खरिदसम्बन्धी सरकारको आदेशले पालिकामा काम गर्न अप्ठयारो परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले सरकारले अत्यावश्यक कानून निर्माणमा चासो नदिएको आरोपसमेत लगाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।