२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तैरिने फोहर पदार्थ सङ्कलन गर्न बाग्मतीमा ‘ट्राश बेरियर’

तैरिने फोहर पदार्थ सङ्कलन गर्न बाग्मतीमा ‘ट्राश बेरियर’
सेयर गर्नुहोस्
०सेयर

शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाण्डाैका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्राश बेरियर’ जडान गरेको छ ।

गुह्येश्वरीबाट ट्राश बेरियर जडान सम्पन्न गरी बाग्मती नदीका पाँच ठाउँ– गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक ठाउँ गरी ६ ठाउँमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ट्राश बेरियर राख्न थालिएको हो ।

शहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्राश बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित ठाउँमा जम्मा गराउने काम गर्दछ ।

काठमाण्डाै उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्राश बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरि फोहर मात्र निकाल्न सकिन्छ । यसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

ट्राश बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।