चार किलो तीन सय ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

थाइल्यान्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन पक्राउ परेका ब्यूरोका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो । पक्राउ परेका तीन जनाले नेपालमा बसेर कोकिनको कारोबार गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

सहप्रवक्ता निरौलाका अनुसार लाओसबाट थाइल्यान्ड हुँदै काठमाण्डौ आएकी कामासँग पाँच सय ५० ग्राम तथा लाओसबाट सिङ्गापुर हुँदै काठमाण्डौ आएका जेभियर र नेपालमा कोकिन लिन आएका मुर्सालेनसँग तीन किलो सात सय ५० ग्राम कोकिन बरामद भएको हो ।

Facebook Comments