२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१७ वर्षमा ४७ लाख जनाभन्दा धेरैले नारायणहिटी सङ्ग्रहालय अवलोकन गरे

१७ वर्षमा ४७ लाख जनाभन्दा धेरैले नारायणहिटी सङ्ग्रहालय अवलोकन गरे

अहिलेसम्म साढे ४७ लाख जनाभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकले नारायणहिटी दरबार सङ्ग्रहालयकाे अवलोकन गरेका छन् । स्थापनादेखि गएको मङ्सिर मसान्तसम्म ४७ लाख ७७ हजार सात सय जना स्वदेशी तथा विदेशी पर्यटकले सङ्ग्रहालयकाे अवलोकन गरेका हुन् ।

शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा परिणत गरिएको हो । २०६५ साल असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत् रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयका रूपमा उद्घाटन गरे पनि त्यही वर्षको फागुन १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, नेपालीलाई दुई सय, सार्क राष्ट्रका नागरिकलाई पाँच सय र विदेशी नागरिकलाई एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ । सङ्ग्रहालय हप्ताको मङ्गलवार, बुधवार बन्द रहने गरेकाे छ भने शनिवारसहित अन्य बिदाका दिनमा भने खुला रहन्छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।