असोज २७, धादिङ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार साँझ टिपर पल्टिदाँ तीन जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका वडा नम्बर १०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा दुई जनाको घटनास्थलमा र एकको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृत्यु हुनेमा थाक्रे १० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन।

दुर्घटनामा तीनजना घाइते भएका छन ्। घाइते हुनेमा टिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र चार वर्षीया रोबित तामाङ रहेका छन् । घाइतेहरुको उद्दार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । टिपर सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments