असोज २६

पैसा कमाउने, परिवार पाल्ने, खुषीले जीवन विताउने सपना बुन्दै परदेश पुगेका धादिङका युवाहरुले गाँस काटेर स्वास जोगाउने स्वास्थ्य क्षेत्रमा नयाँ कामको शुरुवात गरेका हुन् । धादिङबाट विदेशिएका युवाहरुको संस्था धादिङ समाज युएइले नेपालीको महान चाडपर्वहरु दशै तिहार तथा छठ पर्वको अवसर पारी धादिङ जिल्लाका सवै स्वास्थ्य सस्थाहरुलाई नेवुलाइजर उपलब्ध गराएको छ । नेबुलाइजर मेसिन (बाफ लिने मेसिन) हस्तान्तरण गरिएसँगै धादिङ जिल्लाको सबै स्वास्थ्य संस्थामा नेबुलाइजर सेवा उपलब्ध हुने भएको हो ।

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र स्वास्थ्य सेवा विन्दु्र गरी जिल्लामा रहेका ९० वटा सबै स्वास्थ्य संस्थाहरुलाई १÷१ वटा निशुल्क नेबुलाइजर मेसिन हस्तान्तरण गरिएको धादिङ समाज युएइका अध्यक्ष योगेन्द्र थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– धादिङ जिल्ला बत्ति मुनिको अध्यारो जिल्ला भनेर चिनिथ्यो । बत्ति त आयो तर बत्तिले मात्रै विकास नहुने रहेछ । विकास र समृद्धि नोटले होइन सकारात्मक सोचले बदलिने रहेछ । त्यसैले, नेबुलाइजर मेसिन वितरण समाज रुपान्तरणमा हाम्रो यो अभियानको शुरुवात हो उहाँले बताउनुभयो ।
नेवुलाइजर वितरण अभियानलाइ धादिङ समाज कतारबाट ६० हजार सहयोग भएको र यूएइमा रहेका ५५ जना धादिङवासीले संकलन गरेको रकमबाट कुल २ लाख ८८ हजार रुपैया लागतमा नेवुलाइजर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । आगामी दिनहरुमा ग्रामिण क्षेत्रमा अति आवश्यक रहेको एम्बुलेन्स सेवाका लागि पनि अन्य संस्थाहरुसँग हातेमालो गर्ने उहाँको भनाई छ ।

धादिङ हिमाली जिल्ला भएकोले पनि चिसोका कारण श्वासप्रश्वास सम्बन्धि विभिन्न रोग लाग्ने भन्दै नेबुलाइजर मेसिन प्रभावकारी रहने स्वास्थ्यकर्मीहरुले बताएका छन् । विशेषगरी हजारौं नेपालीहरुको ज्यान दमका कारण गइरहेको र हालसम्म ग्रामिण क्षेत्रका स्वास्थ्य इकाइहरुमा नेबुलाइजर मेशिन नहुनुले समस्या भएको उनीहरुको भनाई छ । आगामी दिनमा विरामीलाई सहज रुपमा सेवा दिने उनीहरुले बताए ।
                      नयाँ मोडलमा धादिङको विकास कानुन मन्त्री– जम्कटेल
आफ्नो र परिवारका लागि हजारौ सपना बुन्दै विदेशिएका धादिङका युवाहरुको सामाजिक कामप्रति ३ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले उच्च प्रशंसा गर्नुभएको छ । ग्रामिण क्षेत्रमा रहेका धादिङबासीहरुका लागि धादिङ समाज युएइको अभियान सुखी नेपाली समृद्ध नेपालको परिकल्पनाको एउटा इट्टा भएको उहाँले बताउनुभयो ।

उत्तरी धादिङमा सडक सञ्जाल पु¥याउने, स्वास्थ्य, शिक्षा, पर्यटन जस्ता कुरामा पहल गर्ने उहाँले बताउनुभयो । ब्याख्या र विश्लेषण मात्रै भन्दा पनि नेपाल बदल्न अब आफै अग्रसर हुनु पर्ने उहाँको भनाई छ । उहाँ थप्नुहुन्छ– वर्षनी बजेट फ्रिज, विकास शुन्य हुने परिपाटीको अन्त्य गरी धादिङको विकासको मोडल ल्याउछौ । पुरानो सोच विचारको अन्त्य गरी नयाँ निति र मोडलमा धादिङको विकास गरिने उहाँले बताउनुभयो ।

Facebook Comments