२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायलद्वारा गाजामा काम गरिरहेका ३७ भन्दा धेरै राहत संस्थामाथि प्रतिबन्ध

इजरायलद्वारा गाजामा काम गरिरहेका ३७ भन्दा धेरै राहत संस्थामाथि प्रतिबन्ध
सेयर गर्नुहोस्
०सेयर

इजरायलले गाजामा काम गरिरहेका ३७ वटा भन्दा धेरै अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण नगर्ने निर्णय गरेको छ ।

नयाँ नियमअनुसार कर्मचारी, वित्तीय स्रोत र सञ्चालन विवरण नबुझाएका कारण ती संस्थामाथि प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ । इजरायलले केही राहतकर्मीलाई हमाससँग सहकार्य गरेको आरोप समेत लगाएको छ ।

तर यो आरोपमा केही संस्थाहरुले कडा रूपमा अस्वीकार गरेका छन् । नर्वेजियन रिफ्युजी काउन्सिल, इन्टरनेशनल रेस्क्यु कमिटी जस्ता प्रमुख संस्थाहरू पनि प्रतिबन्धको सूचीमा परेका खबरमा उल्लेख छ । राहत संस्थाहरूले इजरायलका नियमहरू मनपरी र असुरक्षित भएको बताएका छन् ।

बेलायत, क्यानडा, फ्रान्स, जापानसहित १० वटा देशले गाजाको मानवीय अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ती देशहरूले इजरायलमा राहत संस्थालाई निरन्तर रूपमा काम गर्न दिन आग्रह गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।