२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो
सेयर गर्नुहोस्
०सेयर

आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार १ सय रुपैयाँले घटेको हो ।

तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेको छ । भाउ घटेको दिन चाँदी आज तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।