२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।