२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इरानमा भएका प्रदर्शनमा हजारौँ मानिस मारिएका इरानी सर्वोच्च नेताको स्वीकार

इरानमा भएका प्रदर्शनमा हजारौँ मानिस मारिएका इरानी सर्वोच्च नेताको स्वीकार

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ । एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको छ । तर खामेनेईले ती मृत्युहरूका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

अमेरिका मुख्यालय रहेको इरानी अन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी(एचआरएनए) का अनुसार पछिल्लो प्रदर्शनमा हिंसात्मक दमन गरिँदा ३ हजार ९० जनाको ज्यान गएको छ । कतिपय अधिकारवादी संस्थाहरूले मृतकका सङ्ख्या त्यो भन्दा धेरै बढी भएको बताइरहेका छन् ।

इन्टरनेटमाथि लगाइएको प्रतिबन्धका कारण वास्तविक सूचना प्राप्त गर्न कठिन भइरहेको छ । देशहको बिग्रदो अर्थतन्त्रलाई लिएर गएको डिसेम्बर २८ तारिखमा शुरु भएको प्रदर्शन बढ्दै जाँदा हिंसातमक बनेको हो । प्रदर्शकारीहरूमाथि अत्यधिक बल प्रयोग भएका छन् ।

इरानमा इन्टरनेट र सञ्चार सेवा लगभग पूर्ण अवरुद्ध रहेको छ । पछिल्ला केही दिनमा हिंसात्मक घटनामा कमी आएको बताइए पनि इन्टरनेटमाथि पूर्ण प्रतिबन्ध रहेकाले त्यहाँको अवस्था प्रस्ट छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।