२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज १३ हजार ४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १३ हजार ४ सय रुपैयाँले घट्यो
Window display of jewelry shop

सुनचाँदीको भाउ आज पनि घटेको छ ।

सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।