
असोज २७, धादिङ ।
एपिवान टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै ठुलो रियालीटी सो ‘नेपाल आईडल सिजन-२’ अन्र्तरगत उत्कृष्ट ९ मा पर्न सफल धादिङका कृषल कंडेल शनिबार गृह जिल्ला आउनुभएको छ ।

धादिङवेशीं पुछारबजार घर भएका कृषललाई स्वागत गर्नका लागि दिउँसैदेखी धादिङवासीहरु संयौं संख्यामा उपस्थित भएका थिए । आफ्नो जादुमय आवाजले निर्णायकहरुको मन जित्दै आएका कृशलले पछिल्लो शो को प्रस्तुतीबाट अतिथिहरुलाई पनि खुशी पार्न सफल भईरहेका छन् ।
संयौको संख्यामा उपस्थित शुभचिन्तकहरुले भोट फर कृषल भन्दै ¥याली समेत निकालेको थियो । कृषललाई आज गाडीमा राखेर धादिङवेशीको पुछारबजारदेखी एक घण्टा बजार परिक्रमा गर्दै नगरबासीहरुलाई भोटको लागि अनुरोध गरिएको थियो ।
कृषललाई भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई 05 टाइप गरी 31009 भोट गर्न सकिन्छ ।
