
असोज २८,धादिङ
मेलमिलाप युवा समाज कटुञ्जे धादिङद्धारा विजया दशमी तथा दिपावलिको अबसरमा शुभकामना आदान–प्रदानका साथै एम्बुलेन्स उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । विशेष गरि सम्पुर्ण स्थानीयहरुको समस्यालाइ ध्यानमा राख्दै कोहि पनि स्थानियबासिहरु समयमा स्वास्थ्य उपचार नपाई अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ एम्बुलेन्स हस्तान्तरण गरिएरको हो । एम्बुलेन्स खरीदमा आर्थिक सहयोग अमेरीकि नागरिक जिल डेविज, नेपाली नागरिक एवंम स्थानिय रेशम गुरुङ र खगेन्द्रजंग गुरुङले गर्नुभएको हो । साथै काठमाडौं गुरुङ सेवा समाज, स्थानिय समाजसेविहरुको सहयोगमा एम्बुलेन्स खरिद तथा हस्तान्तरण कार्यमा सहयोग रहेको थियो । एम्बुलेन्स नेत्रावति (डबजोङ) गाउँपालिका कटुञ्जेमा रहेको मेलमिलाप युवा समाजलाइ हस्तान्तरण गरिएको हो । युवा समाजका अध्यक्ष श्याम लामाले हाम्रो युवा समाजलाई हस्तान्तरण गरिएको एम्बुलेन्स गाउँपालिका र स्थानिय वडाहरुसँगको समन्वयमा सञ्चालन गरिने बताउनुभयो । साथै लामाले स्थानिय समस्यालाइ ध्यानमा राखेर यो सामाजिक अभियानमा लागेको लामो समय पछि स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्ने अबसर प्रदान गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा एम्बुलेन्स खरिद तथा हस्तान्तरण कार्यमा सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाइ सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । साथै कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो । २०६९ सालमा स्थापना भएको यस मेलमिलाप युवा समाजले आफ्नो स्थापना कालदेखिनै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कार्यक्रम नेत्रावति (डबजोङ) गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री कुण्डलादेवि मा.वि. मा भएको थियो ।


एम्बुलेन्स उद्घाटन, हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवंम अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यता रहेको थियो , भने नेत्रावति (डबजोङ) गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्याको विशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि स्थानिय वडाका जनप्रतिनिधी, शिक्षक, वुद्धिजिवि, समाजसेविहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लामाले एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी साधन तथा मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने साधन खरिद र हस्तारन्तरण गर्नुहुने सबै सहयोगीहरुलाइ धन्यवादका साथै शुभकामना मन्तव्य राख्नुभयो । अर्को एक प्रसंगमा प्रमुख अतिथि लामाले हाम्रो देश नेपाल अहिले नयाँ चरणमा प्रवेश गरेको भन्दै अबको केहि वर्षमा नेपालको मुहार फेर्ने काम अहिलेको सरकारले गर्ने भन्दै सबैलाइ ढुक्क भएर बस्न आग्रह गर्नुभयो । साथै अहिलेको सरकारलाइ असफल पार्न केहि पुँजिपति दलालहरु, भ्रष्टहरु र केहि देशि, विदेशि शक्तिहरु लागिरहेको पनि बताउनुभयो ।
