२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि बैतडीको पुर्चौडी नगरपालिकामा आज शोक बिदा

बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि बैतडीको पुर्चौडी नगरपालिकामा आज शोक बिदा

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ ।

नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर कापडीले दुःखको घडीमा सबैलाई संयमित हुन अनुरोध गर्नुभएको छ । हिजो बेलुकी पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो ।

दुर्घटनामा परि ८ जनाको घटनास्थलमा र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा, बझाङ र धनगढीमा उपचार भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।