२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रामेछापमा बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्याे

रामेछापमा बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्याे

रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछामका अनुसार घटनास्थलमा अहिले गोताखोरको टोलीले उद्धारको काम गरिरहको छ ।

यसअघि बसमा १३ जना चढेको भनिए पनि झन्डै २० जना रहेका अनुमान छ । अहिलेसम्म ९ जनाको शव निकालिएको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीकाे भनाइ छ ।

आज बिहान काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोटका विभिन्न अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।