२०८३ मंसिर ९, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भ्रष्टाचार न्यून हुन नसकेकोमा प्रधानमन्त्री कार्कीद्वारा चिन्ता व्यक्त

भ्रष्टाचार न्यून हुन नसकेकोमा प्रधानमन्त्री कार्कीद्वारा चिन्ता व्यक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : गोपाल दाहाल / रासस

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारले राम्रो काम गर्दा गर्दै पनि भ्रष्टाचार न्यून हुन नसकेको बताउनुभयो । उहाँले अख्यिारले गर्दै आएका काम र प्रयासको भने प्रसंसा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको र अझै सक्रिय र निर्भिक रूपमा काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा अख्तियार दुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन कायम गर्न दिइएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको गुनासो गर्नुभएको छ ।

उहाँले भ्रष्टाचार नियन्त्रण आयोगको मात्रै काम नभएको र राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको बताउनुभयो । राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक कारबाही आधार हुन नसक्ने बताउनुभयो ।

अनुसन्धानलाई प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्नेक्रम बढेको पनि उहाँको भनाइ छ । आयोगको ३५औँ स्थापना दिवसको पूर्वसन्ध्यामा हिजो ट्रान्सपरेन्सी इन्टरनेसनलबाट सार्वजनिक अध्ययन प्रतिवेदनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको स्तरमा सुधार हुन नसकेको देखाएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२५ को सर्वेक्षणअनुसार ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)’ मा नेपालले सयमा ३४ अङ्क पाएको छ, जुन अघिल्लो वर्षको प्रतिवेदनमा पनि ३४ नै थियो । समान अंक भए पनि सन् २०२४ मा सर्वेक्षणमा १ सय ८० देश सहभागी भएकाले नेपाल १०७औं स्थानमा थियो, सन् २०२५ मा भने १०९औं स्थान कायम भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।