
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा सरोज अधिकारी मनोनित हुनुभएकाे छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बनेको पार्टी प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा धादिङ घर भएका अधिकारी मनोनित हुनुभएकाे हाे ।
नेपाल प्रेस यूनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहि सकेका अधिकारीलाई प्रवक्ता चालिसेले शनिबार मनोनयन गर्नुभएकाे हाे । नेपाली कांग्रेसमा केन्द्रिय प्रचार प्रसार समिति, निर्वाचन परिचालन पछिको शक्तिशाली समिति मानिन्छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति छ भने प्रवक्ता चालिसेको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति छ ।
पार्टीको १४ ओं महाधिवेशनबाट महासमिति सदस्य समेत बनेका अधिकारीसँग यस्ता निर्वाचन प्रचारमा बसेर काम गरेको लामो अनुभव छ । २०६४ साल यता भएका सबै तहका निर्वाचनमा केन्द्रिय निर्वाचन प्रचारमा बसेर काम गरेका अधिकारीसँग प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाईन र अहिलेको मल्टीमिडियामा काम गरेको अनुभव छ । अधिकारीले पार्टी केन्द्रले दिएको जिम्मेवारीलाई विगतमा जसरी नै आफुले पुरा गर्ने बताउनुभयाे । ‘मलाई सभापति, उपसभापति, प्रवक्ताले जुन विश्वास गरेर जे जिम्मेवारी सुम्पनु भएको छ, म उहाँहरू प्रति आभारी छु ।’ उहाँले भन्नुभयाे ‘नेपाली कांग्रेसका उम्मेदवार र रूख चिन्हमा मत बढाउने जिम्मेवारीलाई थप क्रियाशिलताका साथ निर्वाह गर्छु ।’ पत्रकारीता क्षेत्रमा नै लामो समय काम गरेका अधिकारीसँग पार्टिको महाधिवेशन तथा महासमिति बैठकमा समेत मिडिया परिचालनको अनुभव छ ।

नेपाल नगरपालिका संघको केन्द्रिय सल्लाहकार समेत रहेका अधिकारीले पत्रकारिता र समाजशास्त्र विषयमा स्नाकोत्तर र कानुनमा स्नातक गर्नुभएकाे छ । पछिल्लो समय भने अधिकारी पत्रकारीता भन्दा बढी भुगोलको राजनितिमा केन्द्रित हनुहुन्छ । उहाँ अहिले धादिङको नीलकण्ठ नगरपालिका केन्द्रित राजनितिमा हुनुहुन्छ । नेपाली कांग्रेसको १३ महाधिवेशमा समेत महाधिवेशन प्रतिनिधि रहेका अधिकारी २०५८ सालमा नीलकण्ठ उच्च माविको नेपाल विध्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गर्नुभएकाे हाे ।