२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जापानमा ४ वर्षपछि पहिलो पटक विदेशी पर्यटकको संख्या घट्यो

जापानमा ४ वर्षपछि पहिलो पटक विदेशी पर्यटकको संख्या घट्यो

जापानमा गएको जनवरी महिनामा ४ वर्षपछि पहिलो पटक विदेशी पर्यटकहरूको संख्या घटेको छ ।

जापान राष्ट्रिय पर्यटन संगठनकाअनुसार, जनवरीमा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले घटेर झन्डै ३६ लाख पुगेको छ । यो २०२२ जनवरीपछि पहिलो पटक वार्षिक आधारमा घटेको हो । यो गिरावटको मुख्य कारण चीनबाट आउने पर्यटकहरूको संख्या ६०.७ प्रतिशतले तीब्र रूपमा घट्नु हो ।

चीनबाट जनवरीमा मात्र ३ लाख ८५ हजार ३०० जना पर्यटक आएका थिए । यो लगातार दोस्रो महिना हो । जसमा चीनबाट पर्यटक घटेका छन् । चीन सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न आग्रह गरेको छ । जसको पछाडि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानबारे गरेको टिप्पणी ताइवानमा चीनको आक्रमणलाई जापानको अस्तित्वसँग जोडेर हेर्नु हाे । त्यसकारण पछिल्लाे समय दुवै देशबीचको सम्बन्ध केही चिस्सिएकाे छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।