२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
सेयर गर्नुहोस्
०सेयर

पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ का सिंहलाई आज र धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का तिवारीलाई हिजो मङ्गलवार पक्राउ गरेको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’को कसूरमा संलग्न भएको आरोपमा अहिलेसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालमा रहेका कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको छ ।

उनीहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी गैरकानूनी रूपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । प्रहरीको अनुसन्धान अनुसार नक्कली उद्धारदेखि अस्पतालका नक्कली बिल बनाउनेसम्मका काम भएका पाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।