२०८३ कार्तिक २९, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बन्धक बनाएर टेकुको एक होटलमा राखेका एक जनाको उद्धार

बन्धक बनाएर टेकुको एक होटलमा राखेका एक जनाको उद्धार

काठमाण्डौको टेकुमा रहेको एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले महानगरपालिका–१२ टेकुको एक होटलमा बन्धक बनाई कुटपिट गरिएका पूर्णबहादुर बोहरालाई उद्धार गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेहोरालाई सकुशल मुक्त गराएको हो । घटनामा संलग्न रहेको आरोपमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिव बहादुर घर्ती पक्राउ परेका छन् ।

अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धानका लागि तीनैलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।