२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमाले अध्यक्ष ओलीलाई पितृशोक

एमाले अध्यक्ष ओलीलाई पितृशोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गट्ठाघरको अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो र केही दिनयता उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।