
कात्तिक ३ ।
महोत्तरीको औराही–१ का सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतकुमार शाह छन् । उनलाई सुनसरीको भन्टाबारी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । यसअघि उनी भागेर भारत छिरेको आशंका गरिँदै आएको थियो । भारतीय प्रहरीको समेत समन्वयमा शाहको खोजी बढाइएको थियो ।