२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शिक्षा संकायको पढाइ रोक्नुपर्ने शिक्षामन्त्रीको भनाइ

शिक्षा संकायको पढाइ रोक्नुपर्ने शिक्षामन्त्रीको भनाइ
सेयर गर्नुहोस्
०सेयर

कात्तिक ३ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताउनुभएको छ । शिक्षकको उत्पादन धेरै भएको भन्दै उहाँले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

शिक्षक उत्पादन गर्ने उद्योग अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमा नै कमजोरी रहेको भन्दै उहाँले अब उद्योग नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । महोत्तरीको गौशाला नगरपालिकामा आयोजित उच्च शिक्षा विषयक अन्तर्कियामा मन्त्री पोखरेलले शिक्षक शिक्षक जस्तै हुनुपर्नेमा जोड दिनुभयो ।

पुरानो शिक्षा पद्धति भत्काउनुपर्ने भन्दै उहाँले नयाँ पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राख्नुभयो । ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उहाँले शिक्षा संकायको पढाइमा नै त्रुटि रहेको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।