धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी निवासी २४ वर्षिय शरण गुरुङको उपचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कमिटिले आर्थिक सहयोग गरेको छ ।

अप्लाष्टिक एनिमिया जस्तो गम्भिर रोगबाट पिडित शरण गुरुङको उपचारको लागि संकलित सहयोग १२ हजार १६ रुपैयाँ बिरामीको खातामा जम्मा गरिएको वडा सभापति रामकृष्ण धमलाले जानकारी दिनुभयो । उपचारमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले वडा कमिटिका सदस्यहरुबाट आर्थिक संकलन गरि सहयोग गरिएको सभापति धमलाले बताउनुभयो । वडा कमिटिले यस अघि पनि १५ हजार ५ रुपैयाँ सहयोग गरेको थियो ।

यो सँगै लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कमिटिले २ पटक गरेर २७ हजार २१ रुपैयाँ आर्थिक सहयोग गरिएको वडा सभापति धमलाले बताउनुभयो । बिरामी शरण गुरुङको उपचारमा ४० देखि ५० लाख रुपैयाँ सम्म लाग्ने परिवारले बताएको छ । अहिले सम्म विभिन्न संघ संस्था तथा व्यक्तीबाट करिब साढे ९ लाख रुपैयाँ आर्थिक संकलन भएको बिरामी शरण गुरुङका बुवा बुद्धिबहादुर गुरुङले बताउनुभएको छ ।

Facebook Comments