२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

झापामा विद्युत् लाइन मर्मतका क्रममा सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

झापामा विद्युत् लाइन मर्मतका क्रममा सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

झापामा विद्युत् लाइन मर्मतका क्रममा सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको नम्बर ३८ रिजर्भ गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय सुदिम खत्री बिहीबार साँझ करिब ५ बजे आन्तरिक विद्युत् लाइन मर्मत गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनालगत्तै उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।