२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हिन्दु सम्राट सेनाद्धारा मलंगवा बजार बन्द,सुनसरी र सिरहा घटनाको विरोध

हिन्दु सम्राट सेनाद्धारा मलंगवा बजार बन्द,सुनसरी र सिरहा घटनाको विरोध
सेयर गर्नुहोस्
०सेयर

हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले शुक्रबार बिहानदेखि सदरमुकाम मलंगवा बजार बन्द गराएको छ। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएको घटनाको विरोधमा हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले बजार बन्द गराएको खुलेको हो ।

सर्लाही सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले बजार बन्द गराउँदै विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। यता,सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न, अफवाह फैलाउने गतिविधिबाट टाढा रहन र कानुनको पालना गर्न सबैसँग अपिल गरेको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।