कात्तिक ९ ।

नेकपा एमाले र माओवादी (केन्द्र)बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नामका विषयमा भएको विवादको फैसला निर्वाचन आयोगले शुक्रबार गर्ने भएको छ ।

बुधबार दुबै पक्षसँग छलफल गरेको निर्वाचन आयोगले सहमति जुटाउन नसकेपछि बुधवार साँझै आफ्नो निर्णय सुनाउने तयारी गरेको थियो । तर त्यसदिन आयोगले आफ्नो निर्णय सुनाउन सकेन र हिजोपनि विवाद साम्य पार्न आयोगमा छलफल भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छलफल जारी रहेको बताउँदै शुक्रबारमात्रै आयोगले निर्णय सुनाउने जानकारी दिनुभएको थियो । निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता रहेको कट्टेलको नेपाल कम्युनिष्ट पार्टीसँग मिल्दोजुल्दो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम अरुलाई दिइएको भन्दै कट्टेल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

Facebook Comments