२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेफिन इजरायलले ३२ औं विश्व आदिवासी दिवस मनाउने

नेफिन इजरायलले ३२ औं विश्व आदिवासी दिवस मनाउने
सेयर गर्नुहोस्
०सेयर

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले ३२ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने तयारी गरेका छन् । यहि आगामी अगष्ट १४ तारिख शुक्रबारका दिन साँझ इजरायलको मुख्य शहर तेलअविभ स्थित लेभेन्स्की पार्क (फुटसल ग्राउण्डमा) दिवस मनाउन लागेको हो ।

हरेक वर्ष ९ अगष्टका दिन विश्वभर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् । यद्यपी नेफिन इजरायलले भने यस वर्ष १४ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउन लागेको हो । नेफिन इजरायलले विविध कार्यक्रम सहित हरेक वर्ष यो दिवस मनाउने गर्दछ ।

“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता !” भन्ने मूल नारा सहित नेपाल आदिवासी जनाजाति महासंघ इजरायलले दिववस मनाउन लागेको हो । कार्यक्रममा महासंघमा आवद्ध सदस्य संघ – संस्था र समुदायको मौलिक कला, संस्कृति झल्कने झाँकी, नृत्य सहितको ¥यालि, शुभकामना आदान–प्रदानको साथमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहने नेफिन इजरायलका महासचिव सुरेश गिदेल मगरले जानकारी दिनुभयो । यसै गरि कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारहरु पनि खान पाइनेछ ।

सन् २०१२ मा स्थापना भएको नेफिन इजरायलमा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमु समाज, राष्ट्रिय नेवा खल, किराँत राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, शेर्पा संघ, ह्याल्मो समाज र थारु कल्याण्कारी सभा आवद्ध रहेका छन् । नेफिन इजरायलले कार्यक्रममा विभिन्न राजनैतिक, सामाजिक, धार्मीक संघ–संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, नेफिन इजरायलका सदस्य संस्थाका प्रमुखहरुलाइ औपचारिक निमन्त्रणा गरेका छन् । भने इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरुलाइ सहभागीताको लागि सार्वजनिक सुचना मार्फत निमन्त्रणा गरेका छन् ।

संयुक्त राष्ट्र संघले आदिवासी जनजातीहरुको समग्र अवस्था अध्यायन गरी उनीहरुको अवस्था सुधारको लागि विशेष कार्यक्रम सिफारिस गर्ने उदेश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १८९२ मा एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगष्ट ९ मा सम्पन्न भएको थियो । उक्त ९ अगष्टको दिनलाइ नै विशेष स्मरणीय दिन मानेर संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस घोषणा गरेको हो ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसंख्या ५० करोड भन्दा बढि रहेको छ । जुन विश्वको जनसंख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायहरु रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार करिब तीन करोडको हाराहारीमा नेपालको जनसंख्या रहेको छ । जस मध्ये आदिवासी जनजातिको संख्या करिब ९३ लाख रहेको छ । जुन नेपालको जनसंख्याको ३५.४० प्रतिशत हिस्सा हो । नेपालमा रहेका १४२ जातजातिहरु मध्ये ५९ जातजातिलाइ नेपाल सरकारले आदिवासी जनजातिको रुपमा सुचिकृत गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
दोलख गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।