२०८३ मंसिर १२, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शरण गुरुङको बोन म्यारो ट्रान्सप्लान्ट सुरु

शरण गुरुङको बोन म्यारो ट्रान्सप्लान्ट सुरु

अप्लाष्टिक एनिमिया जस्तो गम्भीर रोगबाट पीडित धादिङको नीलकण्ठ नगरपालिका–९, काफलपानी निवासी २४ वर्षीय शरण गुरुङको बोन म्यारो ट्रान्सप्लान्ट सुरु भएको छ। उपचारको महत्वपूर्ण चरण मानिने एटिजी (AGT) प्रक्रिया सम्पन्न भएपछि चिकित्सकहरूको निगरानीमा बोन म्यारो ट्रान्सप्लान्ट सुरु गरिएको शरणका बुवा बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो।

हाल भारतको दिल्लीस्थित शारदा युनिभर्सिटी अस्पताल, ग्रेटर नोएडामा उपचार भइरहेको शरणलाई दाई करणले ब्रोनम्यारो दिनुभएको हो । चिकित्सकका अनुसार उपचारका लागि ४० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। बुवा बुद्धिबहादुर गुरुङका अनुसार छोराको ट्रान्सप्लान्ट प्रक्रिया सुरु भएकामा परिवार खुशी भए पनि आवश्यक आर्थिक स्रोतको अभावले उपचार बीचमै रोकिने हो कि भन्ने चिन्ताले सताइरहेको छ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारको सम्पूर्ण खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको उहाँले बताउनुभयो। शरणको उपचारका लागि हालसम्म देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी व्यक्तिहरूबाट करिब १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको परिवारले जनाएको छ। अहिले पनि सहयोग जुट्ने क्रम जारी रहेको छ।

परिवारले उपचारमा साथ, सहयोग र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण सहयोगीदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै उपचारका लागि अझै ठूलो रकम आवश्यक रहेकाले मानवीय सहयोगका लागि सबैमा अपिल गर्दै आफ्नो छोराको जीवन बचाइदिन बुवा बुद्धिबहादुर गुरुङले अनुरोध गर्नुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।