सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज१त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । घटनापश्चात ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको छ ।
बोलबम श्रद्धालु चढेको ट्याक्टर दुर्घटना,१५ जना घाइते
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट










