२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२० वर्षमुनिका युवालाई छोटो भिडियो बनाएर एकलाख रुपैयाँ पुरस्कार जित्ने अवसर

२० वर्षमुनिका युवालाई छोटो भिडियो बनाएर एकलाख रुपैयाँ पुरस्कार जित्ने अवसर

२० वर्षमुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर एकलाख रुपैयाँ पुरस्कार जित्ने अवसर आएको छ । अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा चौथो युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ ।

सर्ट फिल्म कम्तीमा आठ मिनेट र बढीमा १५ मिनेटको हुनुपर्नेछ । भदौ ८ गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।