२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जितेको छ ।

रेड बुल एरिनामा गएराति भएको फाइनलमा पिएसजीले २० औँ मिनेटमा अग्रता लियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पिएसजीका डिजिरे डुएले ६२ औँ मिनेटमा निर्णायक गोल गरे । योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ । उसले गएको वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक सुपर कप जितेको थियो ।

यो हारसँगै भिल्लाका प्रशिक्षक उनाइ एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।