२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
सेयर गर्नुहोस्
०सेयर

आज काठमाण्डौ उपत्यकासहित २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।

आज काठमाण्डौ , भक्तपुर र ललितपुरसहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना छ ।

भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।