२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ला लिगाको नयाँ सिजन शुरु, अलाभेस र सेभिल्लाको विजयी शुरुआत

ला लिगाको नयाँ सिजन शुरु, अलाभेस र सेभिल्लाको विजयी शुरुआत
सेयर गर्नुहोस्
०सेयर

स्पेनको शीर्ष डिभिजन फुटबल लिग ला लिगाको नयाँ सिजन शुरु भएको छ ।

सन् २०२६–२७ को सिजन हिजो पहिलो दुई खेलसँगै शुरु भएको हो । पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजयी शुरुआत गरेका छन् ।
यी दुई टोलीले तीन अंक जोडेका छन् । अलाभेसले गेटाफेलाई ३ गोलले हरायो ।

त्यस्तै १० खेलाडीमा सिमित सेभिल्लाले रायोभल्कानोलाई २–१ ले पराजित गरेको छ । स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागु गरेको छ ।

विशेषगरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाडी १० सेकेन्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षले बल पाउनेलगायत रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।