२०८३ कार्तिक २९, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पीएसजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि

पीएसजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि

लेन्सले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स)को उपाधि जितेको छ ।

कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे । तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित भयो ।

पिएसजीले शुरुआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेन । गएको सिजन लिग वानको उपाधि दौडमा पिएसजीलाई सबैभन्दा कडा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियनभन्दा ६ अंक पछाडि रहेको थियो ।

यद्यपि, कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो । यसपटक डिनो टोपमोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको छ । लेन्सको यो पहिलो सुपर कप उपाधि हो । लेन्सले यसअघि सन् १९९८ मा एकपटक मात्र यो प्रतियोगिता खेलेको थियो ।

त्यतिबेला पिएसजीसँग १–० ले पराजित भएको लेन्सले यसपटक भने त्यही प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि आफ्नो नाममा लेखायो । पिएसजीले पछिल्ला चार संस्करणमा लगातार सुपर कप जितेको थियो ।

कीर्तिमानी १५औं उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीले खेलमा २२ प्रहार गरे पनि गोल निकाल्न सकेन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।