पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टिमलाई भाइरल ज्वरो आएको खुलेको छ । भौतिक पूर्वाधारको अवस्था र जनताका समस्या सुन्न सुदूरपश्चिमको भ्रमणमा रहेका बेला मन्त्री लम्सालसहित टोलीमा रहेका सबै एकसाथ भाइरल ज्वरोको सिकार भएको पाइएको हो ।
मन्त्री लम्साल दार्चुला हुँदै बैतडीमा पुगेका बेला अस्वस्थ भएका हुन् ।उनलाई धनगढीबाट नेपाली सेनाको स्काई ट्रक’ मार्फत काठमाडौं ल्याइएको हो । अहिले उपचार जारी छ ।











