२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

साउन महिनामा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको पाइएकोे छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ र महिलाको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।

नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकका रूपमा युनाइटेड अरब इमिरेट्स देखिएको छ । साउन महिनामा मात्रै युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति पाएका छन्। दोस्रो प्रमुख गन्तव्यका रूपमा मलेसिया रहेको छ, जहाँ १२ हजार ४ सय ९८ जना जान लागेका छन्।

अन्य देशहरूमध्ये कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७, रोमानियामा २ हजार ९०८ र जापानका लागि १ हजार २४४ जनाले श्रम स्वीकृति लिएका छन् । यसका साथै पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्स लगायतका देशहरूमा पनि नेपालीहरू रोजगारीका लागि जान लागेको तथ्याङ्कले देखाउँछ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।