२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

आज विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ

नेपालमा अहिलेसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा ती रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएका छन् ।

विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ । पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।