२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज पनि सुनचाँदीको भाउ बढ्यो

आज पनि सुनचाँदीको भाउ बढ्यो
सेयर गर्नुहोस्
०सेयर

कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

अस्ति बुधवार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको भाउ ३ हजार ६०० रुपैयाँले र सोमवार १ हजार ६०० रुपैयाँले बढेको थियो ।

मंगलवार चाहिँ सुनको भाउ सोमवारजस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।