२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा

जुम्लाको ऐतिहासिक हाट सिँजा क्षेत्र अब फोर–जी मोबाइल इन्टरनेटको पहुँचमा आएको छ। नेपाल टेलिकमले कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजारमा नयाँ टावर सञ्चालन गर्दै शुक्रबारदेखि सेवा सुरु गरेको हो।

नयाँ टावरबाट कनकासुन्दरीका वडा नम्बर ३, ४, ५, ६ र ८ सहित गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, बडुवालवाडा र आसपासका क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण टावर सञ्चालनमा ढिलाइ भए पनि तत्कालका लागि सोलार प्रणाली र ब्याट्रीबाट सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने योजनाअन्तर्गत टेलिकमले उच्च हिमाली क्षेत्रका अन्य स्थानमा समेत फोर–जी विस्तार गरिरहेको छ। बाजुराको बडीमालिका क्षेत्र र सगरमाथा आधार शिविरमा पनि सेवा विस्तारको तयारी भइरहेको जनाइएको छ।

देशभर सञ्चार सेवा विस्तारका लागि करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ भने ग्रामीण क्षेत्रमा सेवा सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने टेलिकमको तयारी छ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।