२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाढीका कारण सम्पर्कविहीन भएका ८२६ जनाको खोजी चल्दै

बाढीका कारण सम्पर्कविहीन भएका ८२६ जनाको खोजी चल्दै
नुवाकोट, १० भदौः ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
सेयर गर्नुहोस्
०सेयर

सरकारले रसुवा बाढीका कारण सम्पर्कविहीन भएका ८२६ जनाको खोजी भैरहेको जनाएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म १६५ जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएका ८२६ मध्ये ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् ।

रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् । टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन ।

परिवार, आफन्त र साथीभाइहरुले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन् । यस्तै ७३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अहिलेसम्म २३९ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।